नेपाली समाचार (एडेलेडबाट)
नेपाल र बिश्व समाचार घटना घट्नेबित्तिकै साथमा उपर्युक्त बिचारहरु
Sunday, August 3
मोदीले नेपालको संसदमा संबोधन गर्ने
नेपालको दुइदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार काठमाडौं आइपुग्दैछन्।
विहान ११ बजेतिर काठमाडौं आइपुग्ने भारतीय प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला स्वयंले स्वागत गर्नेछन्।
दिउसो दुइ प्रधानमन्त्रीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ।
सुनकोशीमा पानीको बहाव खुल्यो
सेनाको प्राविधिक टोलीले विस्फोटनहरु गराएपछि सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीको पानीको बहाव १२ घण्टापछि खुलेको अधिकारीहरुले बताएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले कोशी नदीको तल्लो तटीय क्षेत्रमा रहेका जिल्लाहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार बिहान करिब तीन बजेतिर गएको पहिरोले सिन्धुपाल्चोकको माङखा गाविसको जुरेमा थुनिएको सुनकोशी नदीको बहाव खुलाउन स्थलगत निरिक्षणका लागि सेनाले प्राविधिक टोली पठाएको थियो।
भारतीय प्रधानमन्त्री मोदी आज आउँदै
'अघिल्लो दिनसम्म देखिएको १ सय ८० घरहरु पहिरोमा विलायो'
१३ जना परिवार वेपत्ता भएपछि शोकमा बसेका नैनबहादुर भन्छन, 'टेकनपुर धारापानी बेशीमा रहेका १६ घरका २२ जना कता हराए थाहा छैन ।
टेकनपुर (सिन्धुपाल्चोक), श्रावण १८ - रातको साढे दुई बजे टेकनपुर धारापानीबस्तीका ७२ वर्षीय नैनबहादुर खत्रीलाई निद्राले छाडिसकेको थियो । पल्लोतिरको पहाडबाट केही डरलाग्दो आवाज आयो, उनले झ्याल खोलेर नियाले । त्यसैमा भुईचालो गएजस्तो घरै हल्लन थाल्यो । हेर्दाहेर्दै ठूलो पहाड मेघ गर्जेजस्तो आवाज निकाल्दै, उज्यालो देखिंदै, भासिंदै गयो ।
छोरा, बुहारी, नातिनातिना र आफन्त गरी १३ जना पहिरोमा बेपत्ता भएको पीडामा कुडिंदै नैनले शनिवार दिउँसो पिढीमा बसेर गएरातीको घटना स्मरण गरे । माख्लो बस्तीमा ७२
Saturday, August 2
उद्धारका लागि छिमेकी राष्ट्रलाई आग्रह गर्न सकिने,सम्पूर्ण सुरक्षा निकाय परिचालन
शनिबार , १७ साउन २०७१
गृहमन्त्री वामदेवन गौतमको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकले नदीबाट प्रभावित हुने तटीय क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सिन्धुपाल्चोकको माङ्खा गाविसको जुरेमा अविरल वर्षाका कारण आएको चट्टानको पहिरोबाट त्यस क्षेत्रमा बग्ने भोटेकोसी/सुनकोसी नदी थुनिएपछि दुर्घटनाबाट सम्भाव्य प्रभावित क्षेत्रका बासिन्दालाई तुरुन्त अन्यत्र सार्ने प्रबन्ध मिलाउने,
Subscribe to:
Posts (Atom)
