नाइटेड् अरब इमिरेट्स (यूएइ) मा यहाँका स्थानीय अदालतले हालसम्म ३ नेपालीलाइ मृत्यूदण्डको फैसला सुनाएको छ । फैसला सुनाइएका तीनजना नेपाली लामो समय देखि जेल जीवन विताइ रहेका छन् ।
गत शनिबार संखुवासभा मंडेपोवरीका अनिश खालिड राइलाइ यहाँको तल्लो अदालतले मृत्यूदण्डको फैसला सुनाएको थियो । यो समेत् गरी युएइमा कानुन उलंघनगरी हत्यामा संलग्न भएको अभियोगमा मृत्यूदण्डको फैसला सुनाइएका नेपालीहरुको संख्या तीन पुगेको हो ।
यसअघि एक भारतीय नागरीक सरद कुमार सेठ्ठिको हत्यामा संलग्नताको आरोप लागेर मृत्यूदण्डको सजाय तोकिएका नेपालको दार्चुलाका अमर वहादुर बम २००३ देखि जेलमै छन । झन्डै दश बर्ष अघि इन्डियन सोसल क्लबका सदस्य करणसिह राजपुत र मदन मुन्दानासंगै क्लबमा साथी बनेर गएका थिए । उनी क्लबको गेटसम्म गएर बाहिरै बसेका थिए । सरज सेठ्ठ्ठिको हत्या त्यही क्लबमा भएको थियो । हुन त राजपुत र मुन्तानाले आफुहरुले हत्या गरेको भनी स्विकारेका र त्यसमा अमर बहादुर बम संलग्न नभएको बयान पनि दिएका रहेछन तर उनले अदालतबाट माफी पाउन सकेनन । बमलाई सजाय माफी दिलाउन लामो समयदेखि युएइमा रहेको नेपाली समुदाय सकृय छ । नेपालका प्रधानमन्त्रीको पहलमा युएइ सरकारबाट भनौ सेखबाट सजाय माफी पाउने आशामा जेलमा पर्खेर बसेका छन तर बन्दी जीवन विताइ रहेका अमर वहादुर वमको विषयमा वहस पैरवी खासै हुन नसकेको स्रोतले मेरोजिल्ला डट कम लाई जनायो ।
सन २००९ जनवरी १४ मा गणेस वहादुर वस्नेतको हत्यामा संलग्नताको आरोपमा दूर्गा वहादुर सूनारलाई अदालतले मृत्यूदण्डको फैसला सुनाएको थियो । दुतावासले समेत सुनार र्निदोस भएको आधार समेत र ज्यान रक्षागर्न पटक पटक यहाँको अदालत र सरकारलाइ पत्राचार गर्यो । दुताबासका अनुसार सन २००९ जनवरी १४ मा गणेस वहादुर वस्नेतको हत्यामा संलग्न मृत्यूदण्डको फैसला सुनाइएका दूर्गा वहादुर सूनारको अदालतले माफी दिने सम्भावना छ । उनको यहाँ स्थीत माथिल्लो अदालतले फैसला गर्न बाँकी छ । उनलाइ २०१० मार्चमा मृत्यूदण्डको फैसला सुनाइएको थियो ।
पाकिस्तानी नागरीकको हत्यामा संलग्नता ठहर् भई हालसालै मृत्यूदण्डको फैसला सुनाइएका अनिश खालिड राइ पनि गएको कार्तिकदेखि जेल जीवन विताइ रहेका छन ।शनिबार अलायन अदालतले फैसला सुनाएका राइको विषयमा यूएइ सरकार या संवन्धित अदातलबाट राजदुतावासलाइ कुनैपनि पत्र आएको छैन । अनिशकी श्रीमती बिना राइले श्रीमानको जिवन रक्षाको माग गर्दै पत्र दुतावासलाइ लेखेकी छिन् । राइलाइ पनि यहाँ स्थित अलायनको प्रारंभिक अदातलले मात्र मृत्युदण्डको फैसला सुनाएकाले उनीलाइ वचाउन सकिने तर थप प्रमाण अनि माथिल्लो अदातलमा जान सवै वातावरण मिल्नुपर्ने दुतावासका युएइस्थित नेपाली दुताबासका उपनियोग प्रमूख दिपक अधिकारी मेरोजिल्ला डट कम लाई बताउछन ।
यूएइमा मृत्यूदण्डको फैसला सुनाइएका र जेल जीवन विताइ रहेका ब्यक्तीहरु उपर थप वहस पैरवी र आधार प्रमाण पेशगर्न सकेमा माथिल्लो अदालतमा गएर या व्लडमनीवाट उनीहरुको प्राण रक्षागर्न सकिने यूएइका लागी नेपाली राजदुतावसले जनाएको छ । यहाँको तल्लो अदालतले मृत्यूदण्डको फैसला सुनाएका सवै नेपालीलाइ मृत्यूदण्ड दिइन्छ र त्यो नै अन्तिम टुडगो हो भन्ने चाँही होइन । दुतावासका उपनियोग प्रमूख दिपक अधिकारीका अनुसार पुनरावेदन र सर्वच्च सम्म गएर अपराधिक मनस्थितिले गरेको नभइ भवितव्यमा भएको भए दोसी नभएको प्रमाण पेस गरेर चोखिन सकिन्छ । युएइमा व्लडमनी तिरेर पिडित परिवारले मागेजति पैसा तिरी दोसी ठहर् भएकालाई फाँसी नदिइयोस भन्ने आसयमा अनुरोध गरे पनि मृत्यूदण्डबाट जोगाउन सकिने प्राबधान छ ।
