- मिलन दाहाल
बुटवलकी बहिनी तेरिया एक्कासी नेपालमा चर्चाको शिखरमा पुगिन, पुरा देश- विदेशको नेपाली समुदाय भोटमय बन्यो, नेपालका जनता, बहुचार्चीत हस्तीहरु देखि पुर्व प्रधानमन्त्रीसम्मका फेसबुक भित्ताहरुमा भोट मागेका पोस्टहरु देख्न पाइए, अन्तत: समाचार आयो तेरियाले जितीन ! कसैले भने यो तेरियाको जीत हो, कसैले तराइको जीत भने भने कोइ कोइ काठमाडौँका आर्यहरु नेपाली जनजाती तेरियालाइ हराउन भारतीय अनुष्कालाइ सित्तैमा भोट माग्न तम्सिएको भन्दै जातीय बिखन्डनको बिगुल फ़ुक्न समेत चम्किसकेको देखियो र कसैले नेपाल राष्ट्र जितेको सम्म ब्याख्या गरेको पाइयो ।
एघार वर्षको उमेरमा यतिका चर्चाको शिखरमा पुग्नु नितान्त: सामान्य कुरा होइन, साच्चै धेरै धेरै बधाई बहिनी तेरिया मगरलाई । उनको प्रतिभा हेरेर उनलाई जीवनमा धेरै प्रगती गर्नु भनि रहन पर्दैन, कसैले नचाहे पनि तेरिया नृत्यको क्षेत्रमा धेरै ठुलो उचाई हासिल गर्नेछिन्, सायद नेपालको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट नर्तकी बन्छिन, यो ध्रुबसत्य हो र त्यसको श्रेय नेपालमा जन्मिएकै कारणले मात्र नेपाल रास्ट्रलाइ जाने भए जान्छ नत्र केवल तेरिया स्वयम् र उनलाई साथ् दिने उनको परिवार र आफन्त-जन लाई । तेरिया जस्ता उत्कृस्टहरु जन्मिरहे हामीले मुक्त-कण्ठले भन्न पैरहने छौ, नेपालीहरु कोहीभन्दा कम छैनन् ।
जी टिभी
"Zee TV is an Indian cable and satellite television channel owned and operated by Zee Entertainment Enterprises, a media and entertainment company based in Mumbai.[1] It primarily airs programmes in Hindi and other regional languages of India. The channel is also available in various nations ofSoutheast Asia, Europe, the Middle East, Africa, Australasia and North America. A part of the Essel Group, it started broadcasting on 2 October 1992 as the first Hindi-language cable channel in India
Zee TV was founded by Subhash Chandra and was launched in India on 1 October 1992 as a Hindi satellite channel. Zee formerly had a partnership withSTAR TV. However, STAR TV ended their partnership with ZEE TV whenRupert Murdoch's News Corporation acquired STAR TV. Zee TV was launched in the UK in March 1995, which acquired[clarification needed] TV Asia,[3] the first Asian channel to be launched in the UK and Europe. Zee TV was launched in the USA on 15 July 1998. In the USA, some of programmes are subtitled in English and some commercials are in English. An HD feed first became available in India, Zee TV HD launched in the US on 5 September 2012 on Dish Network.
In December 1994, Zee TV launched El TV, a sister entertainment channel. Zee TV later relaunched it as a hybrid entertainment and news channel under Zee India TV, before converting it into a 24-hour News channel (Zee News) in around 1998-99."
(Source: wikipedia, accessed on June 29, 2014 21:27)
जी टिभी सुबाश चन्द्रले अक्टोवर १, १९९२ देखि शुरु गरेको हिन्दी स्याटललाइट च्यानल हो । यो च्यानल हाल "जी इन्टरटेनमेन्ट इन्टरप्राइज" द्वारा संचालित छ, जुन "Essel Group " को स्वामित्वमा रहेको एउटा ब्यावसाइक संस्था हो ।
छोटोमा, जी टिभी एउटा ब्यावासाहिक संस्था हो र तेरियाले नेपाल रास्ट्रलाई जिताइन भनेर भनिएको त्यहि संस्थाले उत्पादन गरेको भारतीय नृत्य प्रतिभा भएका वालवालिकामा आधारीत एउटा कार्यक्रम हो जुन भारतको राष्ट्र-भाषा हिन्दीमा प्रशारण गरिएको थियो, त्यसमा प्रतिस्पर्धा गर्ने गैर-भारतीय बालीका तेरिया मगर मात्र हुन् ।तेरिया लगायत तेरियाका आफन्तजन तथा छर-छिमेकि सबैले उक्त कार्यक्रम प्रशारणका क्रममा कतै नेपाली बोलिएको सुनिएन र नेपाल राष्ट्रको हैसियत भारतको एउटा शहर जत्तिकै (next contestant , तेरिया मगर नेपाल से, भनिन्थ्यो उनि आफ्नो प्रतिभा देखाउन आउने क्रममा ) मात्र थियो उक्त कार्यक्रममा । तेरियाको जीतलाई याद-कदा रास्ट्रीयतासग समेत जोडेर नेपालीत्वको जीत भएको भाव पनि ब्यक्त गरेको देखियो । एउटी नेपालीको जीत अवश्य भएको हो, के नेपालको अनि नेपालीत्वको जीत भएको हो त ? एकपटक सबैलाई गहिरिएर सोच्न अनुरोध छ ।
अर्को कुरा नेपालका महान हस्तीहरुको फेसबुक वालमा भोट आह्वानहरु भेटिए । हामीलाई जान्न मन लागेको, त्यो आव्हान उहाहरुको ब्यक्तीगत होलान कि पदिय? व्यक्तिगत भए त ठिकै हो कुनै एउटा नेपाली नगरीकले कुनै अर्को नेपाली नगरीकलाई कुनै महत्वपुर्ण उपलब्धिमा साथ् दिनु पक्कै नराम्रो कुरा हैन तर यदि पदिय हो र उहाहरुले बोकेर हिडेको आस्थासँग त्यो अभिब्यक्ती बाझिन्छ भनेर कसैले सोधेमा उहाहरुको उत्तर के हुन्छ होला ?
अन्त्यमा, हामीलाई बुझाएको रास्ट्रीयताको परिभाषा गलत थियो कि परिभाषा समयानुकुल परिवर्तित हुदै गएको हो कि अथवा यसलाई राम्रोसंग मनन गर्नु आजको आवश्यकता हो, यहानेर हाम्रो अर्को मतभिन्नता रहन गएको छ । मलाई बेलायतमा एक बिदेशी संग आफ्नो देश चिनाउन एकपल्ट एकदम गार्हो भएको थियो । गफको शिलसिलामा हामि एक अर्काको देशको बारेमा सोध्न पुग्यौ । उ कुन देशको थियो, मलाई राम्रोसग याद भएन । उसले मलाई सोधेको थियो, "तिमि कुन देश को?" मैले "नेपाल " भने, उसले नेपाल भन्ने देशको नाम नै सुनेको थिएन । मैले सगरमाथाको देश भने । उसले कतै सगरमाथा अर्कै देशमा भएको भन्ने गलत कुरा पढेको रहेछ । फेरी मैले गौतम बुद्धको देश भनेर बुझाउन खोजे, त्योवारेमा पनि उसलाई अर्कै जानकारी रहेछ । हाम्रा भावी पिडीलाई आफ्नो देश चिनाउन यस्तो गारो नहोस, आफ्नो रास्ट्रीयताको वारेमा सबै सचेत हौ र सबैलाई राम्रो सग चेतना भय, कुन नेपालीको जीत हो, कुन नेपालको जीत हो, कुन नेपालीत्वको हार हो र हामिले राष्ट्रियता ठानेको भ्रमले हामीलाई एउटा जातीमा सिमीत नगरोस ।
सबैलाई चेतना भय ।।