टोरोन्टो । नेपाली नर्सहरुला लागि क्यानडामा स्थायी बसोवास भिसा पाउनको लागि क्यूबेक छनौट प्रक्रिया (Quebec Selection Program) सजिलो भएकाले ठूलो संख्यामा नेपाली नर्सहरु क्यानडा जान सक्ने देखिएको छ ।
यही अगष्ट १ तारिखदेखि क्यानडाको क्यूवेक प्रान्तीय सरकारले लागू गरेको क्यूबेक छनौट प्रक्रिया अन्तर्गत नर्स पढेकाहरुलाई पहिलेको तुलनामा अत्याधिक अंक दिइएपश्चात फ्रान्सेली भाषाको ज्ञान नभएतापनि बिदेशी नर्सहरुले Quebec Selection Certificate (CSQ) पाउन सक्ने भएको हो ।
नेपाल वा कुनैपनि मुलुकबाट बी. एन. अथावा बी. एस्सी. नर्सिङ् गरेकाहरुले यदी नर्सिङ डिग्री लिएपश्चात सोही क्षेत्रमा काम गरेको छ भने अध्ययन बिधामा मात्र २६ अंक प्राप्त गर्न सक्ने देखिएको छ । तर यदी उक्त नर्सिङ डिग्री बिगत पाँच बर्षभित्रै लिएको हो भने कामको अनुभब नभएतापनि सो अंक प्राप्त गर्न सकिनेछ ।
उदाहरणकोलागि तलको टेबुल हेर्नुकोलाः
Selection Criteria
|
Points Assessed
|
Maximum Points
|
| Educational Degree:B.Sc. (4 Years) or B.N. Degree |
10
| 12 |
| Areas of Training (Nursing Education) |
16
| 16 |
| Work Experience (4 years) |
8
| 8 |
| Age (35 years or below) |
16
| 16 |
| Financial capability (show bank balance approx. $5,000) |
1
| 1 |
| Total |
51
| |
| Required for Preliminary Approval | 49 |
माथिको तालिका हेर्ने हो भने अंग्रेजी वा फ्रान्सेली भाषामा कुनै पनि अंक नदिइकन पनि ५१ अंक पुगेको देखिन्छ जुन अंक प्रारम्भिक छनौटको लागि प्रर्याप्त हुन्छ ।
साथै अंग्रेजी भाषामा मात्र ६ अंक पाउन सकिन्छ, जसको लागि IELTS बुझाउनुपर्ने हुन्छ भने उक्त IELTS मा न्यूनतम् ५ स्कोर ल्याउनुपर्ने हुन्छ जसबाट अंग्रेजी भाषिक ज्ञानमा ४ अंक प्राप्त गर्न सकिनेछ ।
IELTS (GT or Academic) score requirement:
- Listening: 5.0 (1 mark)
- Reading: 4.0 (1 mark)
- Writing: 5.0 (1 mark)
- Speaking: 5.0 (1 mark)
माथि दिइएको तालिका ४ अंक जोडेमा ५५ अंक हुन्छ जुन भनेको अन्तिम छनौट पासमार्क हो ।

त्यसैगरी बिबाहित व्यक्तिको हकमा भने प्रारम्भिक छनौट पासमार्क ५७ र अन्तिम छनौट पासमार्क ६३ रहेको छ । यदी श्रीमानको उमेर ३५ बर्ष मुनीको छ भने ३ अंक र ब्याचलर वा सो सरहको अध्ययन छ भने अर्को ३ देखि ७ अंकसम्म पाउन सकिन्छ ।

त्यसैगरी बिबाहित व्यक्तिको हकमा भने प्रारम्भिक छनौट पासमार्क ५७ र अन्तिम छनौट पासमार्क ६३ रहेको छ । यदी श्रीमानको उमेर ३५ बर्ष मुनीको छ भने ३ अंक र ब्याचलर वा सो सरहको अध्ययन छ भने अर्को ३ देखि ७ अंकसम्म पाउन सकिन्छ ।
साथै १२ बर्ष मुनीको एउटा बच्चा छ भने अर्को ४ अंक समेत जोड्ने हो भने स्वतः अन्तिम छनौटको पासमार्क पुर्याउन सकिनेछ । यदी बच्चा छैन भने पनि श्रीमानको अध्ययनको बिषयअनुसारले १ देखि ४ अंक सम्म प्राप्त गर्न सकिनेछ ।
नेपाली नर्सहरुका लागि क्यानडाको स्थायी भिसा लिने यो एकदमै सुनौलो अवसर भएको क्यानेडिएन इम्मिगेशन सल्लाहकार मिलन कार्की बताउँछन् । उनी भन्छन्, “यदी प्रारम्भिक छनौट पासमार्क पुग्दछ भने तुरन्त आवेदन गरिहाल्ने र पछि गएर IELTS बुझाउँदा पनि हुन्छ ।”
संसारभरीबाट जम्मा २०,००० मात्र आबेदन लिइने भएकाले नेपाली नर्सहरुले छिटो भन्दा छिटो आवेदन भरेर आफ्नो स्थान सुरक्षित राख्नुपर्ने कार्कीको तर्क छ । त्यसैगरी आवेदन गरिसकेपश्चात श्रीमान र श्रीमती दुबैले फ्रान्सेली भाषाको राम्रो अध्ययन गरेमा अन्तिम चरणमा गएर झन धेरै अंक प्राप्त गर्न सकिनुका साथै क्यानडा आएपश्चात तुरन्त नर्सिङ क्षेत्रको रोजगार पाइन सकिने भएकोले नेपालमा बस्दाको समयलाई भाषा सिकेर सदुपयोग गर्न श्री कार्की सुझाव दिन्छन् ।
क्यूबेक सरकारले CSQ प्रदान गरिसकेपश्चात क्यानेडिएन स्थायी भिसा PR Visa को लागि क्यानेडिएन एम्बेसीमा आवेदन गर्नुपर्ने हुन्छ जसले आवेदक र परिवारको मेडिकल र सुरक्षा (Criminal Record) को परिक्षण गरेर Canadian PR भिसा प्रदान गर्दछ ।
“क्यूबेक सरकारले छनौट गरेर क्यानडा आएता पनि क्यानडाको संबिधान बमोजिम क्यानेडिएन PR भिसा लिएको व्यक्तिले क्यानडाको कुनैपनि स्थानमा बसोवास गर्न पाउँदछन्, जसको लागि क्यूबेक सरकारले रोकतोक गर्न पाउँदैन,” श्री कार्की बताउँछन् ।
नर्सहरुले क्यूबेकमा बर्षको ५०,००० देखि ६०,००० क्यानेडिएन डलर सम्म कमाउन सक्नेछन् । क्यानेडिएन नर्स एसोसिएनका अनुसार सन २०२२ सम्ममा क्यानडालाई ६०,००० नर्सहरुको खाँचो हुने देखिन्छ ।

