काठमाडौं, २ असोज पूर्वयुवराज्ञी हिमानी यतिबेला थाइल्याण्डको मनोरम पहाडी शहर चाङमाईमा छिन् । पति पारससँग अन्तिम बिन्तिभाउ बिसाउन उनी त्यहाँ पुगेकी हुन्। त्यसरी थाइल्याण्ड नै पुगेर हिमानीले बिन्ती बिसाइरहेको विषय हो, पारिवारिक सम्बन्धको । पूर्वराजा ज्ञानेन्द्लाई मात्रै यो कुरा थाहा थियो, दशै मान्न देश फर्कने छोरा एक्लै फर्कने छैनन्, ‘कान्छी महारानी’ पनि साथमै ल्याउने तयारीमा छन्। तर, ‘कान्छी’ लिएर आउनेबारे ज्ञानेन्द्रले ‘हुन्छरहुन्न’ केही भनेका छैनन् ।
पारससँग प्रेमीका साथमा रहेको हिमानीले राम्रोसँग पत्तो पाएपनि ल्याइहाल्ने विश्वास गरेकी थिइनन्। तर, गतसाता ससुरा ज्ञानेन्द्रले खुलस्तै बताइदिए कि, पारस थाइ युवतीसहित दशैमा घर आउँदैछन् र साइतकै टिकोटालो लाएर उनलाई भित्र्याउनु पर्ने भयो।
मुटुको रोगीलाई तनाब पुग्ने गरी कुनै दबाब दिन नमिल्ने, त्यसपछि अम्मल त्यागे पनि ‘झसंङ’ सन्किने बानीबाट मुक्ति नभएका कारण कान्छी भित्र्याउने पारसको योजनालाई बुहारीको प्रयासबाट मात्र असफल बनाउन सकिने ठहरसहित गत शुक्रबार हिमानी थाइल्याण्ड पठाइएकी आजको जनआस्था साप्ताहिकमा खबर छ ।