Monday, September 9

जीटिभीले प्रोमो सच्याउँदै भन्यो- बुद्ध नेपालमा जन्मिएका हुन्

काठमाडौ- नेपालीको चर्को विरोधपछि जीटिभीले आफ्नो बेवसाइटमा बुद्ध भारतमा जन्मिएको भन्ने विज्ञापन सच्याएको छ। उसको नयाँ सिरियल बुद्वमा भगवान गौतम वुद्व भारतमा जन्मिएको भनिएको थियो। टेलिभिजनको वेबसाइटमा राखिएको सिरियलको प्रोमो पनि सच्चाएर उसले बुद्व नेपालमा जन्मिएको लेखेको छ। 


उसले इतिहासअनुसार बुद्व नेपालमा जन्मिएको बताएको हो।

सिरियलका निर्माता तथा कलाकारले भगवान्‌ बुद्धको जन्म भारतमा भएको अभिव्यक्ति दिएका थिए। सिरियलका निर्माता एवं कलाकारले तथ्यलाई तोडमोड गर्दै बुद्धको जन्म भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालीहरु आक्रोसित भएका थिए। विरोधलाई ध्यानमा राख्दै नेपालमा भने बुद्धको प्रशारसण बन्द गरिएको थियो। नेपाल केवुल टेलिभिजन एसोसिएसनले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै १ घण्टाको लागी प्रशारण काटिएको बताएको थियो।

बुद्धको प्रसारण अघि त्यसका निर्माता एवं कलाकारहरुले सिद्धार्थ गौतमको जन्म, ज्ञानप्राप्ति एवं महापरिनिर्वाण भारतमा भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

यसअघि 'बुद्ध' टेलिसिरीयलका कलाकार कविर बेदीले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने आफ्नो भनाइ सच्याउँदै ट्विटरमार्फत् माफी मागेका थिए। उने 'हो साथीहरु मैले गल्ती बोले, क्षमा दिनुस्', बेदीले ट्विट गर्दे भनेका छन्- 'भगवान बुद्धको जन्म नेपालको लुम्वीनिमा भएको थियो। मेरो कुराले ज जसको भावनामा ठेस पुर्‍यायो उनीहरुसँग म क्षमा चाहन्छु।'

जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियल 'बुद्ध'को प्रसारण आरम्भ अघिको कार्यक्रममा निर्माता बिके मोदि तथा कलाकार बेदीले बुद्धको जन्म भारतमा भएको उल्लेख गरेका थिए।