गोरखा,३ असोज । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा कुनै विवाद नभएको बताउनुभएको छ ।
गोरखा पुगेका राजदुत रेले बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै विवाद नरहेको तर कसैले केही भनेको भरमा यहाँका सञ्चारमाध्यमहरुले धेरै उचाल्ने गरेको बताउनुभयो ।
बुद्धको जन्मस्थल नेपालमा हो भन्ने बारेमा भारतले धेरै पटक स्पष्ट पारिसकेको उहाँको भनाइ छ ।
राजदूतले त्यसो भनेपनि भारतीय संचार माध्यमहरुले पटक-पटक गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर भ्रामक प्रचार गर्नेगरेका छन् l नेपाल सरकारले यसबारेमा आजसम्म एक शब्द बोलेको छैन र भारतले पनि आफ्नो संचार माध्यमलाई कुनै रोकतोक लगाएको छैन l