Wednesday, July 30

बाहुनवाद को बिरोध गर्ने कि सिक्ने जनजातीले ?, जनजातीकै शब्दमा

दिल निसानी मगर
“सत्ता मा पुगे पछि आखा हेर्न सक्ने मान्छे पनि अन्धो बन्छ l त्यो बर्ष मान पुन मगर अन्धो हो l कान सुन्ने मान्छे पनि काना बन्छ l त्यो सुबास नेम्बाङ्ग कानो हो l अनि मुख बोल्ने मान्छे पनि लाटा बन्छ l त्यो देव गुरुङ लाटो हो l त्यसैले बाउन हरु बर्सौ देखि सत्ता मा अन्धो,काना र लाटा बनेर बसेका छन l”
मलाई बाहुन को वकालत गर्नु छैन l केवल तीनी संग बसेर कुकुर को मुत पीउनु छ l टेबुल ठटाउनु छ l भैसी को लादी लुछ्नु छ l नेल्शन मण्डेला को पहीचान किमार्थ काले बुढो होइन l उ मानव अधीकार को नाईके हो l त्यसकारण हाम्रा जुग ले फुलेका पहीचान लाई पुरातात्वीक बीभाग मा कैद गरेर केवल म उपाद्धय बाउन संग कुकुर को मुत पिउन चाहान्छु l कृपया हामीलाई मण्डेला को मानब अधीकार देउ l
मेरो जिबन को आधारभुत मान्यता यही हो- Imagine there’s no heaven It’s easy if you try No hell below us. Above us only sky Imagine all the people Living for today. कल्पना गरौ-त्यहा कुनै स्वर्ग छैन भने हामि मुनि नर्ग पनि हुदैन l जब हामि माथि आकाश मात्र छ l मान्छे आज को लागि बाच्छ l
बाउन ले कुखुरा को भाले पाल्न थाले पछी गाँउ मा भाले को मुल्य ३५०० रुपैया सम्म पुग्यो l जबकी त्यही भाले मगर हरु ८०० रुपैया मा बेच्थे l प्रथम: त बाहुन हरुले कुखुरा को भाले पनी बेच्न सीकाए l दुइ को तिन बनाउने र चार लाइ आठ बनाउने उदाउदो अर्थतन्त्र र सुधारिएको अर्थशास्त्र को नियम हो l दुनिया को माग नै यस्तो छ l
बाउन हरु गोरु पाल्न कहील्यै छाडेनन l मँगोलीयन अनुहार का मान्छे हरु भेडा पाल्न छाडे l दुध बेच्ने बाहुन ले रक्सी बेच्न थाले l मँगोलीयन ले राडी पाखी बेचेनन l अहीले गाउ का ४० % जमीन बाँझो छ l बाउन को जमीन बाझो छैन l मँगोलीयन हरु मुग्लान झरे l बाहुनबाद भनेको लोभी-पापी मात्र रहेनछ l खुट्टा को पैतला उक्क्दा सम्म गोबर फालेर टिन मा घिउ जम्मा गर्ने हिम्म्तबाद पनि रहेछ l मैले जो देखे l
सुंकृरती भाषा को कीताब मा हामीले अागो लगाइ दीयौ l मगर भाषा र कीराँत भाषा को कीताब मा कसैले अागो लगाइ दीएन l मैले मगर भाषा नै पढीन l जब की मगर भाषा को कीताब मा कहील्यै अागो लागेको थीयन l म जस्तै लाखौ मगर ले मगर भाषा बोल्न जान्दैनौ l कीराँती मा पनी त्यही चाल न होला l अाफुलाई बोल्न नआउने भाषा जोगाउन अान्दोलन गरी राख्नु पर्दैन l यो त लजास्पद हुन्छ l
पण्डीत का सन्तान हरु ले संसकृत भाषा को माग गरेर अान्दोलन गरेनन l सुंकृरती भाषा को कीताब मा अागो लगाउनु को कारण पनी खोजेनन l बरु तीन्ले हरीदृवार गएर पढे l घर मै संकृत कीताब कीनेर पढे l मलाई संमरण के छ भने-संकृतीक भाषा को कीताब मा अागो लागेको भोली पल्ट म संगै बेन्च मा बसेर पढ्ने मेरो साथी खाली खुट्टा हरीदृवार तीर गयो l अहीले उ नामी बीद्वान भएको छ l हामी गु दृवार मा जाने हरु फेसबुक मा भाषा जोगाउन नाराबाजी गरी रहेका छौ l
संसार भरी नै पुराना चीज हट्दै जान्छन् l जोगाउने भनेको कीताब मात्र हो l लीपी हो l अाफ्नो जाती को भाषा प्रति रुची हुनेले अाफै कीताब पढ्छन l अहीले मलाई अंङ्रेजी खरर अाउछ l यस्को मतलब मेरो छोरी पनी अँङ्रेजी जान्नेछीन l अंङरेजी जाने पछी मेरो छोरी ले पनी बीश्व जान्ने छीन l बाबा ले जस्तै Imagine all the people Sharing all the world.You may say I’m a dreamer. But I’m not the only one I hope someday you’ll join us And the world will live as one. म यहि जानेको हुन्छ l
सत्ता मा पुगे पछि आखा हेर्न सक्ने मान्छे पनि अन्धो बन्छ l त्यो बर्ष मान पुन मगर अन्धो हो l कान सुन्ने मान्छे पनि काना बन्छ l त्यो सुबास नेम्बाङ्ग कानो हो l अनि मुख बोल्ने मान्छे पनि लाटा बन्छ l त्यो देव गुरुङ लाटो हो l त्यसैले बाउन हरु बर्सौ देखि सत्ता मा अन्धो,काना र लाटा भएर बसेका छन l
साँचो अर्थ मा जनबादी क्रान्ती त उपाध्याय बाउन का छोरा हरु ले गरेका छन l मलाई लाग्छ की तीन्का ५७ % छोरा हरु अचेल जनै लगाउदैनन l बीहान-बीहानै उठेर शङ्ख फुक्न पनी छाडी सकेका छन l तीन्ले घर मा कुखुरा पाल्न थालेका छन l घुम्टी मा मदीरा दोकान संचालन गरेका छन l ब्यबसायीक बंगुर पालन गरेका छन l तीन्ले भैँसी को मासु खाँदैनन तर बफ म.म. भने मजा संग खान्छन हीचान मात्र ठुलो कुरा होइन l सबै भन्दा ठुलो कुरा परीबर्तन हो l
पहीलो ‘सवाल’ त बरमाहण लाई गाली गरीएको छैन दोश्रो ‘बहस’ ‘म’ मगर वा जनजाती भनेर भक्तीगान गाउनेे मानीस होइन | यस्तो कमजोरी कम्ती मा ‘म’ बाट सम्पन्न हूूदैन्न | जातीय ‘बहस’ गर्दा मलाई नीकैै डर लाग्दछ | यो खतरनाक आचरण पनी हो | ‘म’ गम खाने गर्छू कैलेकाही, उतीसारो ‘जडबादी’ नबन्ने की भनेर कीन भने ‘चीज’ भनेको ठोस अनी पदार्थ दूबै हो | इतीहासको नीमाण यो वा त्यो बाहना मा भई राखेकै छ | जाती र मान्छे को परीभाषा राजनैतीक तबर बाट समान बन्न नसके पनी हाम्रो ‘ईरादा’ मानब-अधीकार नै हो |
आज जनजाती अगूवा भनीने आङ्काजी शेर्पा ले एउटा ‘आलेख’ लेखेछन-’जनजाती को ‘नाक’ काटीदीने पृथीबी नारायण शाह को ‘शालीक’ भत्काउन पर्दछ र जन्म दीन लाई कालो दीन को रूप मा मनाउन पर्दछ’ | यो आङ्काजी को हदै सम्म को अराजकता हो | नमीठो आवेग हो | यो शोभनीय होइन | उनले के बूझन पर्दछ भने-ईतीहास को बीकास आफ्नै ‘गती’ मा बग्दछ अनी यसका सत्यता हरू आफ्नै आखा ले देखे जस्तो बन्दैनन | पृथीबी नारायण शाह को मानहानी यो यूग मा गर्न मील्दैन | इतीहास ‘झूट’ पनी हो |
जहा सम्म बरमहाणबादी चीन्तन भन्ने सवाल छ यो राजनैतीक आचरण होइन | यो त समूदाय बीकाश को शवभाब हो | आज को यो ‘ग्लोबोलाइजेश्न’ यूग मा आफूलाई बदल्न नसक्ने मान्छे आफै बोझ बन्ने छन | नाताबाद वा कृपाबाद भनेको बहूमत र अल्पमत भने जस्तै हो | हामीले पर्तीसपर्धा गर्न नसक्ने तर ‘कोटा’ मात्रै माग गर्ने भन्ने सवाल आजको ‘टेक्नोलोजी’ ले मान्दैन |
हाम्रो जात भन्ने शब्द त्यती मीठो पनी होइन | यसमा मेरो राजनैतीक असहमती रहन सक्दछ | नेपाल मा ‘जातीय’ संघीयता भन्ने बहस पनी बैग्यानीक छैन | ‘बहस’ अश्पस्ट भएकै छ | हाम्रो हात मा दही नजम्ने भन्ने हो भने अरू कसै को हात मा ‘मोही’ जम्ने भन्ने पनी आउदैन | बर्माहण ले पढ्न दीएनन् भन्दा पनी नेपाल राज्य भन्ने को ‘येजूकेशन’ नीती सही थीयन भन्ने हो |
बरमाहणबादी सोच उसको एक नीती हो | हाम्रो लागी यो खोज वा चासो को बीषय चाही बन्न सक्दछ | जात हरू ले आफूलाई अगाडी बढाउन सबै ट्याकटीस् अपनाउछन र उनीहरू तानाशाही बन्न पनी सक्दछन | समस्या को हल राजनैतीक समधान मात्र होइन चीन्तन को अन्त्य पनी हो |