काठमाडौ, श्रावण १५ - त्रिभुवन बिमानस्थल प्रमुख रहँदा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डीआईजी गोपाल भण्डारीलाई निलम्बन गर्न निर्देशन दिएको छ । अख्तियारले उनी पदमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै गृह मन्त्रालयलाई पत्र लेख्दै निलम्बनको निर्देशन दिएको हो ।
अख्तियारको अनुसार उनले सेवाग्राहीबाट नौ लाख भारतीय रुपैयाँ, २ लाख ५० हजार बराबरको रिचार्ज कार्ड, पाँचवटा आईफोन मोबाइल सेट र सातवा ल्यापटप लिएका थिए ।
भण्डारीले घुस लिएको भन्दै परेको उजूरीमा प्रारम्भिक अनुसन्धान गर्दा आरोप पुष्टी भएकोले निलम्बनको निर्देशन दिएको अख्तियारले जनाएको छ ।