Saturday, August 2

नदी खुलाउन विस्फोट गराइयो

शनिबार , १७ साउन २०७१ 



ठूलो पहिरोले थुनिएर तालमा परिणत भएको सुनकोशी नदी खुलाउन नेपाली सेनाले बम विस्फोट गराएको छ । सिन्धुपाल्चोकको जुरे नजिक सुनकोशी नदीमा पहिरो खसेर बनेको बाँधलाई फुटाई पानीलाई निकास दिन सेनाले दुईवटा विष्फोट गराएको छ ।
‘ओभरफ्लो’ भएर बग्न थालेको पानीको बहाव विस्फोटपछि बढेको छ । गिट्टी र लेदोसहितको पानी बगिरहेको स्थानीयबासीले जानकारी दिएका छन् ।
जोखिमको सम्भावना धेरै भएकोले उद्धारकार्य केही समयका लागि बन्द गरिएको छ ।
नदीले पहिरोबाट बनेको बाँधलाई विस्तारै कटान गरिरहेको पनि स्थानीय वासिन्दाले जानकारी दिए ।