काठमाडौं÷एकिकृत नेकपा माओवादीले ७७ देखि ८० सिटमा प्रत्यक्ष र समानुपातिकमा १३७ देखि १४० जितिने आन्तरिक अनुमान गरेको थियो । तर आगामी निर्वाचनको बारेमा अध्ययन गर्न निर्वाचन क्षेत्रमा खटाइएका केन्द्रीय सदस्य तथा सल्लाहकारको टिम काठमाडौं फर्कदा ल्याएको रिर्पोटले त्यसको नतिजा ठिक विपरित देखिएपछि चुनाव भाड्ने रणनितिमा लागेको छ ।आकलन गरिएको अनुमानको ठिक विपरित नतिजा आएपछि एकिकृत नेकपा माओवादी चुनाव भाड्ने रणनितिमा लागेको हो । माओवादी मुख्यालय स्रोतले निर्वाचन क्षेत्रमा केन्द्रीय नेता जानुपूर्व भन्दा फिल्डमा जाँदा एमाओवादीको स्थिति ठीक विपरीत देखिएको बतायो ।
स्रोतका अनुसार सबैभन्दा शक्तिशाली मानिएको उपत्यकाका १५ निर्वाचन क्षेत्र मध्ये काठमाडौं क्षेत्र नं ७ र क्षेत्र नं १० मा मात्र एमाओवादीको जित्ने संम्भावना देखिएको छ । उपत्यकाभीत्रका अन्य निर्वाचन क्षेत्रमा जीतका लागि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने एमाओवादी टिमको प्रतिवेदनले औल्याएको छ । ती स्थानमा माओवादीको पोजिसन तेस्रो हुने प्रतिवेदनको ठम्याई छ ।
एकिकृत नेकपा माओवादीका शव्दमा ताम्सालिङ राज्यका १० जिल्लाका अधिकाशक्षेत्रमा कांग्रेस र एमाले बलिया देखिएको माओवादी प्रतिनिधिले मुख्यालयमा जानकारी गराएका छन् । पार्टी अधयक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका महासचिव रामबहादुर थापाको गृह जिल्ला चितवनमा दाहालको भनदा थापा पक्ष बलियो रहेको निष्कर्ष प्रतिनिधको रहेको माओवादी मुख्यालय स्रोत बताउछ ।
दाहालका भाइ नारायण्ँ दाहालले पहिला जितेको क्षेत्रमा दाहाल नै उठेमा जित्ने सम्भावना रहेपनि अन्य क्षेत्रमा माओवादीको अवस्था ज्यादै कमजोर छ । मकवानपुरमा पनि बैद्य माओवादी संस्थापनभन्दा भन्दा बलियो छ । चार क्षेत्र मध्ये तीनवटा क्षेत्रमा एमाले र राप्रपा नेपालबीच प्रतिस्पर्धा हुने माओवादी प्रतिनिधिको प्रदिवेदनमा उल्लेख गरिएको छ ।
सिन्धुलीका तीन क्षेत्रमध्ये एक र दुईमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुन्छ भने तीनमा बैद्य माओवादीको बलियो उपस्थिति देखिन्छ । रामेछाप क्षेत्र नं २ मा धावा लामा उम्मेदवार बने एमाओवादीले जित्न सक्ने तर अन्य व्यक्ति उठेमा अवस्था कमजोर हुने प्रतिवेदनमा औल्याइएको छ । रामेछापको क्षेत्रनं १ मा कांग्रेसमा लक्ष्मण्ँ घिमिरेको सम्भावना प्रवल रहेको माओवादीको विश्लेषण छ दोलखामा एमाले र कांग्रेस बलिया देखिएका छन् । सिन्धुपाल्चोकमा अग्नि सापकोटाको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा माओवादीको अवस्था नाजुक छ । काभ्रेका चार क्षेत्र त्रमध्ये तीन क्षेत्रमा एमाले र काग्रेसको बर्चस्व देखिने बताइन्छ । रसुवामा एमाओवादी तेस्रो स्थानमा झरेको छ । नुवाकोटको एउटा क्षेत्रमा मात्र माओवादी अल्लि मजवुज देखिन्छ । धादिङमा शालिकराम जम्कट्टेलमात्र माओवादीका बलिया उम्मेदवार हुन । देशैभरिको तराई क्षेत्र माओवादी अनिश्चयको भुमरीमा बाधिएको छ ।
माओवादीका जिल्ला प्रतिनिधिल बुझाएको प्रतिवेदन अनुसार अहिलेसम्म माओवादी गोरखा, रुकुममा मात्र बलियो देखिएको छ । माओवादीको उदगम जिल्ला रोल्पा पनि उसका लागि धेरै प्रतिकूल छ । सुदूर पश्चिमबाट पनि राम्रो प्रतिवेदन आएको छैन् । राम्रो मानिएको बर्दियापनि कब्जा जग्गा विवादले अहिले खस्किएको प्रतिवेदनमा उल्लेख छ । अर्घाखा“चीमा टोपबहादुर रायमाझि र गुल्मीमा वामदेव क्षेत्री बलिया उम्मेदवार हुन ।
प्रतिवेदनका अनुसार एमाओवादीले मंसीर चारमा चुनाव भए प्रत्यक्ष तर्फ बढीमा ३७ सिट पक्का ल्याउछ र मेहनत गरे पचास सम्म पु¥याउन सक्छ । एमाओवादीले भदौ १० गतेको बैठकमा निर्वाचन भाड्ने गरी सर्त अगाडि सार्ने पेरिसडाडा स्रोत बताउछ । एमाओवादी अध्यक्ष दाहालले बैद्य माओवादीसँग मिलेर वा तालमेल गरेर नगए जित्न सकिदैंन भनेर आङ्खनो स्वर फेर्न लागेको उनी निकट स्रोतको भनाई छ । बाहिर चर्का कुरा गरे पनि भित्रभित्रै बैद्यलाई पार्टी अध्यक्ष र थापालाई भावी प्रधानमन्त्रीको प्रस्ताव कृष्ण्ँबहादुर मार्फत् दाहालले पठाएका छन् । वैद्य पक्ष सँग तालमेल वा एकता नभए भदौ १० मा बस्ने एमाओवादीको बैठकले नया“ मुद्दा उठाएर निर्वाचन भाड्ने गोप्य प्रस्ताव पारित गर्ने माओवादीका एक केन्द्रिय सदस्यले बताए । त्यो गोप्य प्रस्तावको डा«फट अध्यक्ष्ँ दाहालको निजी सचिवालयले गरिरहेको उनको सचिवालयका एक सदस्यले जानकारी दिए । सो गोप्य प्रस्तावमा निर्वाचनमा पार्टीको उपस्थिति सम्मानजनक रुपमा नदेखिने निश्चित भएकाले चुनाव हुन नदिने रणनिति पार्टीले अपनाउनु पर्ने उल्लेख गरिएको छ ।