विराटनगर, भाद्र २७ - पूर्वी नेपालमा बिहीबार बिहान भूकम्पको झड्का महसुस गरिएको छ । भूकम्प आएपछि सर्वसाधारण आत्तिएर निस्किए । बिहान १० बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । ताप्लेजुङ केन्द्र भएर भूकम्प गएको बताइएको छ । सानो झड्का गएका कारण क्षति हुने खालको छैन ।
तेह्रथुम-तेह्रथुममा केहीवेर अघि भुकम्म गएको छ । ७ सेकेन्ड सम्म भुकम्पको धक्का महशुस गरियो । भुकम्प पछि वजार क्षेत्रमा भागाभाग चलेको थियो । क्षतिको कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।