Sunday, September 8

पतनको बाटोमा माओबादी

मिलन दाहाल 
     
२०३६ सालदेखि विभिन्न नामबाट राजनीति गर्दै २०५२ फागुन २ गतेदेखि ससस्त्र आन्दोलन थालेको प्रचण्डले नेतृत्व गरेका माओबादीले नेपाली जनताका  लासको सिढी चढेर सत्तासम्म त पुग्न सफल भयो तर पाप धुरीबाट कराउछ भनेजस्तै त्यो उचाई धेरैदिन सम्म रहिरहने सम्भावना एकदम कम रहेको अनुमान लगाउन थालिएको छ । यो कोरा अनुमानमात्र नभएर उनीहरुको क्रियाकलापको सुक्ष्म अध्ययन-विस्लेषण को प्रतिफल हो भन्दा फरक पर्दैन । गाउघरमा अराजकताको सफायाको नाउमा भएको संगठनबिस्तार केहि समयमा समाजका अराजक तत्वहरुको झुण्डको रुपमा बिकास भएर गयो अनि सभ्य समाजबाट तिरष्कृत मान्छे र समाजलाई त्रसिद पर्ने गुन्डाहरु माओबादी कार्यकर्ता बन्न पुगे । तिनै
गुण्डाहरुको सहयोगमा  मिठा सपनामा भुलाईएका सोझा-साझा देशप्रेमी नेपाली जनताको रगतमा हॊलि खेल्दै अन्तत माओबादी नेपाली राजनीतिका अक्ष्यम खेलाडीहरुसग १२ बुदे  सहमति गरि नेपाली राजनीतिको मुलधारमा प्रवेश पायो । यसरि एउटा अराजक असामाजिक तत्वहरु नेपाली राजनीतिमा प्रवेश पाउनुक पछाडी मुलत: तीन कुराहरु जिम्मेवार छन्  

१. नेपाली राजनीतिको ठेक्का लिएर बसेका भनिएका अक्ष्यम मान्छेहरु 
२. नेपाली जनताको सोझोपन 
३. अव्यवसहिक सुरक्षा निकाय 

माथिका तीनै कुराहरु एमाओबादी लाइ नेपाली राजनीतिको मुलधारसम्म पुर्याउन उत्तिकै जिम्मेवार छन् । भारतबाट मजदुर आन्दोलन सिकेर आएका नेताहरुले २००७ सालमा राणाहरुबाट सत्ताको बागडोर त आफ्नो हातमा लिए तर त्यसको प्रतिफल देश र जनतालाइ भन्दापनि नेता र तिनका नजिकका मान्छेलाई मात्र हुन गयो र त्यो भन्दा नराम्रो कुरा त्यहि पद्दतिले नेपाली राजनीतिमा जरा गाड्न पुग्यो अनि राजनीति पढ्न नसक्नेहरुको एउटा राम्रो व्यावसायको रुपमा मौलाएर गयो । राम्रोसग पढ्ने मान्छेहरु डाक्टर, इन्जिनीर, पाइलट, चार्टर एकाउनटेन्ट बन्ने अनि प्रबेसिका पास गर्न नसक्ने मान्छेहरु नेपाली राजनीतिमा प्रवेश गर्ने परिपाटीको बिकाश भएर गयो । यस्तो किन हुनगयो भने- डाक्टर र इन्जिनीर, पाइलट बन्नलाइ प्रबेसिकपछी आइ. एस्सी. सकेर इन्ट्रान्स दिनपर्ने हुन्थ्यो तर राजनीतिमा लाग्नलाई नेपालको इतिहासमा कहिल्यै योग्यताको जरुरि भएन । सधैभरि राजनीतिमा लाग्नको चाहिने कुरामा  पहिल्यैदेखि राजनीतिमा भएका मान्छेको चाकरी, आन्दोलन-तोडफोड-चक्काजाम गर्ने क्षमता र अलिपछि सोझा नेपाली जनतालाइ सपना बेच्नसक्ने क्षमतमात्र हुन गयो (नत्र एउटा हत्यारा लाई छुटाउन देशको सबैभन्दा ठुलो भन्न रुचाउने दललाइ  हड्ताल गर्न नैतीकताले दिने थिएन )

नेपाली जनतालाइ सोझा भन्ने कि, भेडा भन्ने कि अबुज भन्ने म यकीनसाथ भन्न सक्दिन । जे भएपनि नेपाली जनताको पुरा हुनसक्ने र नसक्ने सपनाहरुमा भिन्नता छुटयाउन सक्ने ज्ञानको सधै कमि देखिन्छ । इतिहासले के देखाउछ भने, नेपाली जनताले खोलामा पूल बनाईदिन्छु भन्ने नेतालाई भन्दापनि उड्ने बसको व्यवस्था मिलाईदिन्छु भनेर झुटा सपना बाड्ने नेतालाई पटक-पटक बिस्वाश गरेको भेटिन्छ । जवसम्म जनता ब्यबहारिक हुदैनन् तबसम्म ठगिइरहने निश्चित छ । नेपाली जनताको त्यहि कमजोरीको फाइदा नेताहरु पटकपटक उठाईरहेछन र भबिष्यमा नि उठाइरहने सपना देखिरहेछन । त्यसैले मलाई गणेशमान सिंह को " - खाने जनताहरु" निक्कै सान्दर्भिक  लाग्ने गर्छ । यसरि झुटा सपनामा बेचिने नेपाली जनताको सोझोपनले जनताको लासको भर्यांगलाई आड्स दिएको देखिन्छ 

समाजमामा झाँगिदै गएको अराजकता र आतंकलाई समाप्त पार्नसक्नु देशको सुरक्षा निकायको जिम्मेवारी हो । माओबादी अराजकताले समाजमा जरा गाडीरहेको बेला सुरक्षा निकायका सबै अंगहरु परिचालन गरिदापनी तिनलाई नियन्त्रण गर्ननसक्नु वास्तबमै एउटा खेदजनक कुरा हो । बहाना जेसुकै भएपनि त्यो गम्भीर असफलताको परकस्ठा हो सुरक्षा निकायका लागिपनि त्यसैले सुरक्षा निकायहरुले त्यो असफलताबाट पाठ सिकेर भविष्यका लागि त्यहीअनुसार तयारी गर्नुपर्छ । यो तेस्रो र गम्भीर कारण हो माओबादी अराजकताको परिवर्तन हुनु र तिनले राजनीतिक आवरण पाउनुको पछाडिको 

तत्कालिन कारण जे भएपनि परिस्थि अर्कै भएको छ आज  शान्ति र न्याप्रेमी मान्छेलाई बाच्न निक्कै कठिन भएको छ नेपाली समाज । मनाबधिकार को अवस्था कस्तो छ भने, बाच्न पाउने जनताको अधिकारको सुरक्षाको त  कुरै छोडौ हत्यारालाई कारवाही होस् भनेर किटानी जाहेरी दिएर खाना नखाई बस्ने मान्छेहरु त्यत्तिकै मर्ने अवस्था भएको छ । हत्यारा र गुण्डाहरुलाई पक्रन पाईदैन भनेर कहिले धादिंग त कहिले नेपाल बन्द गरिन्छ यहाँ  

यसरि जनताको नाम मा जनताको रगतको होलि खेल्दै, तिनै जनता को लासमाथि टेकेर भ्रमको उचाइमा जनसोसन गर्नेहरुको पतन निश्चित छ  तर हेर्नु छ, कानुन र सामाजिक न्याय को अवस्थालाई कुन ठाउँ सम्म तिनले पुर्याएपछि तिनको पतासाफ हुने हो