Wednesday, December 11

कमला दाहाल फाउन्डेशन को स्थापना


           नेपालमा समाजसेवाको क्षेत्रमा काम गर्ने एउटा नया संस्थाको स्थापना भएको  छ । पिता तुलसीराम खतिवडा र माता मोतीमाया खतिवडाकी जेष्ठ सुपुत्री तथा दिलिप दाहालकि श्रीमती झापा जिल्लाको बुधवारे ग.बि.स. वडा नम्बर ०६ निवासी स्वर्गीय श्री कमला दाहालको स्मृतिमा संस्थापन भएको यस संस्थाले गरिबी निवारणको क्षेत्रमा विशेष कार्य गर्ने छ । गरिब तथा जेहेन्दार विद्धार्थीहरुका लागि विशेष कार्यक्रम गर्ने सोचका साथ स्थापना भएको यस संस्थाले उपचारमा पहुँच नभएका रोगीहरुलाई पनि सहयोग गर्ने बताइएको छ । प्राम्भिक योजनाहरु खासै नभएपनि दिर्घकालिन रूपमा संस्थाले बृहत कार्यक्रमहरुको तर्जुमा गरि
देशको आर्थिक विकासमा समेत सहयोग पुर्याउने जानकारी दिइएको छ । बिद्यालय भवन बनाउने देखि अन्य आवश्यक भौतिक निर्माणहरु गर्दै जाने संस्थाको दीर्घकालीन लक्षमा रहेको छ । साथै संचार सेवाको पहुँच सबैमा पुर्याउन श्रब्य-दृश्य संचार माध्यमहरुको प्रयोग तथा संचालनको  साथसाथै पत्रपत्रिका प्रकाशन गर्ने कुरा पनि संस्थाको उदेश्यमा रहेको छ  ।




          स्मरण रहोस, कमला दाहालको  घाँटीको क्यान्सरवाट २०६४ साल अस्विन २० गते काठमाडौँको टिचिंग हस्पिटलमा स्वर्गारोहण हुनु भएको थियो । परिवारका लागि विशेष योगदान पुर्याउनु भएकी स्वर्गीय श्री कमला दाहालले मृत्युवरण गर्नु भएका कारण उहाको समाजसेवाको चाहना अधुरै रहन पुगेको र सो अधुरो चाहना पुरा गर्न उहाका सुपुत्र श्री मिलन दाहालले यस संस्थाको स्थापना गरिएको जानकारी दिनु भयो । घाँटीको क्यान्सरवाट आफ्नी आमाको मृत्यु भएका कारण घाँटीको क्यान्सर भएका बिरामीहरुका लागि बिशेष कार्यक्रमको व्यवस्था गरिएको  अध्यक्ष मिलन दाहालले बताउनु भयो ।