Monday, March 31

'झण्डै ११ सय उच्च पदस्य कर्मचारीसँग पिआर र ग्रीनकार्ड

काठमाडौं, चैत्र १६ - सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति प्रशासनमा कार्यरत झण्डै ११ सय उच्च पदस्थ अधिकारीहरुसँग विदेशको ग्रीनकार्ड र पीआर रहेको पाइएको खुलासा गरेका छन् ।
सबै मन्त्रालयहरुबाट अहिले त्यस्ता कर्मचारीहरुको नामावली संकलनको काम चलिरहेको भन्दै आइतबार राजधानीमा रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले विदेशस्थित नेपाली दुतावास मार्फत पीआर र ग्रीनकार्ड लिएका नेपालीहरुको नाम मगाएर त्यसबाट समेत छानविन गर्ने तयारी भइरहेको जानकारी दिए ।
'विदेश भ्रमणमा जाने कर्मचारीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कस्तो किसिमका भीषा र पासपोर्ट लिएर जान्छन् चेक गरेर धेरै समयको भीसा र ग्रीनकार्ड भेटे हनुमान ढोकामा पुर्‍याएर कारवाही गर्छु ।'
उनले यस्ता कर्मचारीलाई कारबाही गर्ने र कारवाहीको ब्यवस्था गर्न निजामित ऐन संशोधन गर्न मन्त्रिपरिषदबाट समेत सहमति लिइसकेको जानकारी दिँदै बढुवा भइसकेका कर्मचारीहरुलाई पनि सोही अनुसार कारवाही गर्ने बताए ।
मन्त्री पण्डितले नेपालका कर्मचारीहरु डिभी पर्‍यो कि परेन, ग्रीनकार्ड कहिले आउँछ भन्ने कुरामा मात्र चिन्तित पाएको उल्लेख गर्दै यस्ता कर्मचारीले नेपाल बनाउन नसक्ने धारणा राखे । उनले भने- 'डिभीको सपना देख्नेले नेपाल बनाउन सक्दैन । नेपाल बनाउन सपनामा पनि नेपाल नै देख्नु पर्छ ।'
(From Ekantipur)