NFN सम्बाददाता, एडेलेड
आज एडेलेडमा नव-आगन्तुकहरुलाई स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । अस्ट्रेलियाका लागि नेपालका अवैतनिक दुतावास, nepaladelaide .com तथा NRN संघ दक्षिण अस्ट्रेलियाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा पढ्न तथा अन्य कार्यका लागि लामो समय बसोवास गढ़ा दक्षिण अस्ट्रेलियाको एडेलेडमा आएका नेपालीहरुलाई यहाको नियम-कानून, रोजगार-बजार, वातावरण आदि विविध विषयमा जानकारी गराइएको थियो ।
नेपालीहरुका समस्याहरुसंग समुहगत रूपमा जुझ्ने मनसायले केहि जुझारु नेपालीहरुले स्थापना गरेको 'नेपाल हेल्प डेस्क' को स्थापनाको सबैले सराहना गरेका थिए भने पहिले देखि एडेलेडमा बस्दै आएका अग्रजहरुले आफ्नो अनुभव सुनाएका थिए । बाणीज्यदूत दीपक धमला लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा प्राध्यापक आनन्द भण्डारी, उधमी दीपक बिस्ट, NRN दक्षिण अस्ट्रेलिया अध्यक्ष रमेश के.सी लगायतले आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा cv लेखन, रोजगारी खोजीसम्बन्धमा प्रक्षिक्षणसमेत दिइएको थियो ।