Saturday, May 3

हिमानी शाह सधै समाज सेवामा लागिरहने

NFN सम्बाददाता, काठमाडौँ 

नेपालमा २४० वर्ष लामो इतिहास बोकेको राजसंस्था ढलेसगै हिमानी ट्रस्ट नामक एक गैर-सरकारी संस्थामार्फत  एका-एक चर्चामा आएकी पुर्व-युवराज्ञी  हिमानी शाहले आफु सदैव समाजसेवामा लागिरहने बताएकी छिन् । राजधानीमा रगत अभाव भैरहदा हिमानी ट्रस्टले आफ्नै कार्यालयमा गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै उनले यस्तो बताएकी हुन् । साथै उनले रगतको वर्तमान अवाव कम गर्न सबैलाई रक्तदान गरी सहयोग गर्न अपिल गरेकी छन् । आगामी दिनमा आफ्नो संस्थाको कर्यक्षेत्र दुर्गम गाउँ सम्म बिस्तार गर्ने योजनासमेत रहेको पुर्व युवराज्ञीले बताइन ।


हिमानी पुर्व राज्संस्थाकी सबैभन्दा लोकप्रिय सदस्य मानिएकी छिन् । नेपालमा  राजसंस्था कायम रहदा उनको नाम धेरै कम सुनिएको भएपनि राजसंस्थाको अन्त्यपछि नेपाली संचारमा उनि छाएकी छन् । धार्मिक पुर्व-युवराज्ञी हिमानी गाउँ-गाउँसम्म पुगेर गरीव तथा दुखि नेपालीहरुसंग बेला-बखत दुख-सुख बाड्ने गरेकीले चर्चामा छिन् ।

दोलखाको बस्ती माध्यमिक विद्यालयको बिद्यालय भवन, सौचालय निर्माण तथा खानेपानीको व्यवस्था को प्रवन्ध तथा दोलखाका १० विद्यालयका १,५६८ बिद्यार्थीलाइ आधारभूत आवश्यकतामा सहयोग गर्दै गरेको हिमानी ट्रस्टले दोलखाको तामाकोशी पूलको मर्मत-सम्भार, तामाकोशी खोलानजिक ग्रावेल बाटो निर्माण, दोलखाका असक्त सांगे शेर्पालाई आवश्यक सामाग्रीहरु वितरण, तथा विभिन्न सामाजिक सचेतनाका कार्यक्रमहरु  संचालन गरिसकेको छ । यसका साथै आगामी दिनमा बिस्तृत समाजसेवाका कार्यक्रमहरु गर्दै जाने संस्था भावी कार्यनितीमा रहेको छ ।