Wednesday, April 23

एडेलेडमा नेपालीलाइ सहयोग गर्न हेल्प डेस्कको स्थापना

NFN सम्बाददाता एडेलेड ,

रोजागार वा अध्ययनको शिलसिलामा एडिलेडमा रहेका नेपाली तथा नेपालबाट एडिलेड आउन चाहाने नेपालीलाइ सहयोग पुराउने उद्देश्यका साथ एडिलेडमा रहेको नेपाली वाणिज्यदूतावास , गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया र नेपाल एडिलेड डट कमको सहकार्यमा नेपाली हेल्प डेस्कको स्थापना गरीएको जनाइएको छ ।

Nepali Help Desk- Adelaide नामको फेस बुक पेजमा भनिएको छ "आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,रोजागार वा अध्ययनको शिलसिलामा एडिलेडमा रहेका नेपाली तथा नेपालबाट एडिलेड आउन चाहाने नेपालीलाइ सहयोग पुराउने उद्देश्यका साथ एडिलेडमा रहेको नेपाली वाणिज्यदूतावास , गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलिया र नेपाल एडिलेड डट कमको सहकार्यमा नेपाली हेल्प डेस्कको स्थापना गरीएको जानकारी गराउदछौ ।

मुख्यत नवआगन्तुक नेपालीलाइ बसोवास तथा रोजगारको समस्याले पिरोल्ने गरेको हामीले पाएका छौ । नवआगन्तुकलाइ नयाँं परिवेश बारेमा बुझन समय लाग्ने हुन्छ, जसको नाजायज फाइदा अरुले उठाउने गरेको यदा कदा सुन्नमा आइनै रहन्छन । नयाँं परिवेसमा आउने धेरै समस्यामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाइ, कसैको सानो सहयोगले पनि ठूलो महत्व राख्ने कुरामा कुनै शंका नै छैन । यस्तो अवस्थामा एउटा सहि सुचना र जानकारी दिन सक्ने माध्यमको आवश्यक्ता हामी सबैले महशुस गरीनै रहेका छौ । यहि आवश्यक्ता पुर्तिको लागी हामीले यस्तो हेल्प डेस्कको स्थापना गरेका हौं ।"

यसरि हेल्प डेस्कको स्थापना गरिदा नव-आगन्तुक नेपालीहरुलाई एडेलेड आउन चाहने नेपालीहरुलाई विशेष सहयोग हुने अपेक्षा गरिएको छ । यस हेल्प डेस्कमा नेपालीहरुले फोन, फ्याक्स तथा ईमेलको माध्यमवाट सम्पर्क राख्न सक्ने छन् । उक्त नम्बर तथा ईमेल ठेगाना निन्म रहेको छ;
टेलीफोन : +61 (08) 833 000 06
फ्याक्स +61 (08) 836 348 03
adelaide@nepal-consulate.net.au

टेलीफोन : 0424671528
इमेल: nepaladelaide@gmail.com