Wednesday, July 2

पुष्कर शाह : सच्चा नेपाली नायक

मिलन दाहाल

पुष्कर शाह भन्नासाथ् मेरो मानसपटलमा हरियो नोट घुम्न थाल्छन । आमाले विश्व साइकल यात्रा सुरु गर्न लाग्दा टीका लगाएर दिनुभएको नेपाली एकसयको हरियो नोट, जुन बिश्व भ्रमण पुरा गरिसक्दा पनि पुष्करले खर्च गरेका थिएनन् । "पैसा" अर्थशास्त्रको परिभाषामा, बस्तुको अपनत्व साटफेर गर्न प्रयोग  गरिने एकाई । एकसय नेपाली रूपयाको आज बजार मूल्य खासै छैन, केहि आउदैन एकसय रूपयामा आजकल नेपाली बजारमा । तर जव त्यहि एकसय रूपयामा आमाको अर्थ बुझ्ने छोरालाई आमाको माया मिसिन्छ, उसलाई त्यो संसारको सबैभन्दा अमुल्य बस्तु लग्छ । आमाको माया भन्दा अमुल्य केहि छैन यो संसारमा र पुष्कर शाह दुवै आमालाइ राम्ररी चिनेका सपूत हुन्, जननी र जन्मभूमि  । मलाई लग्छ, पुष्करको गोजीमा आजपनि त्यो एकसयको नोट त्यत्तिकै होला ।


दोलखाको मकैबारी गाबिसको एक कृषक परिवारमा जन्मिएका पुष्कर शाह शान्ति र प्रजातन्त्रका सच्चा अभियन्ता  र एक साहसिक ब्यक्ती हुन् ।  उनका बुबाले गोर्खा रेजिमेन्ट भारतीय सेनामा सेवा गरेका हुन् ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा गोलि लागेका शाह स्वतन्त्रताका योद्दा पनि हुन् ।शान्ति, प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्रता र कानूनी राज्य प्रती आस्था राख्ने शाह जहानिया राणा शासनको बिरुद्दमा बोल्दा पटक-पटक जेल परेका थिए ।देशभित्र जनताका लागि लडेका शाहले आकस्मात आफ्नो परिधि बढाएर देशबाहिर आफ्नो देशलाई चिनाउनु अपरिहार्य सम्झिए । बि.स. २०५५ को कर्तीकवाट एउटा साइकल, ६० किलो चाइने कुराहरु र आमाले टीका लगाएर दिएको नेरु १०० लिएर विश्व साइकल यात्रामा निक्लिए ।नेपालवाट शान्तिको सन्देश लिएर हिडेका शाहले जुन-जुन देशमा पुगे त्यहावाट त्यो देशको एक-एक राष्ट्रिय झन्डा संकलन गरे र जेष्ठ ३, २०६७ गते संसारको सर्वोच शिखर सगरमाथाको सफल आरोहन गरी  विश्वभरवाट संकलन गरेका विभिन्न देशका राष्ट्रिय झन्डाहरुलाई संसारको छानोसम्म पुर्याए ।

यात्राको सकारात्मक अवाश्मरणीय क्षण सम्झनुपर्दा उनि न्युज़िलेंडमा सगरमाथाका पहिला आरोही तथा नेपाललाई अत्यन्त माया गर्ने सर एडमण्ड हिलारीलाई भेटेको क्षण सम्झन्छन । संयोगनै मान्नुपर्छ, नुज़िलेंडमा उनको साइकल चोरिनु र सर एडमण्ड हिलारी  भेटिनु । साइकल हराएको उक्त समयमा सर एडमण्ड हिलारीले साइकल किनिदिएर उनको यात्रा सफल पार्न सहयोग गरेको गुन उनि कहिल्यै बिर्सिन सक्दैनन् । यसका साथै, बार्बडोसमा चक्कु आक्रमण र मेक्सिकोमा परेको अपहरण सम्झेर उनको आङ्ग आजपनि जिरिङ्ग हुने गर्छ । बार्बाडोसमा सुतिरहेको बेलामा फटाहहरुले गरेको चक्कु आक्रमणको सामना गरेर बच्न सफल भएका पुष्कर मेक्सिकोमा अपरहण गरि जंगलमा 180 किमि भित्रसम्म लागिएको बताउछन । अपहरणको कारण थाह  नपाएका शाह, अपहरणकर्तालाई घाइते बनाएर भागी ज्यान बचाऊन सफल भएका थिए ।

युद्द रोकिनु र बन्दूकको नालवाट  गोलि छुट्न छाड्नु  मात्रलाइ  शान्ति  नठान्ने शाह, हरेक ब्यक्तीको अनुहारमा छल्किएको लुकाउन नसकिने खुसी  भरिएको शान्तिमा बिश्वास गर्छन । पढाउदा-पढाउदै साइकल लिएर निक्लिएका शाहले विश्व-भ्रमणवाट मान्छेको अनुहार पढ्न सिकेका छन् । युरोप-अमेरिकामा भएका कालाजातीलाई मधेसी नेपलिसग र मुस्तांगको एक नेपालीको अनुहार जापानिज सग मिल्ने बताउने शाह रंग र बर्णमा  केहि फरक देख्दैनन  । द्वन्द्ववाट गुज्रिएका अफ्रिकिसंग आफुले माओवादी आन्दोलनका कारण नेपालीहरुले भोग्न परेका पिढा सम्झिएर  रोदन मिलाएका अनुभवहरु सुनाउने उनि पुन: द्वन्द पिडित वालवालिकाहरुलाई  शिक्षाको उज्ज्यालो घामको छाहरीमुनी ल्याउन आफ्नो श्री-सम्पत्ति सम्मको बलिदानी दिन तयार छन् । विश्व-भ्रमण सकेत गाउँ फर्किदा खुसीले रोएका शाह समयले ल्याउने सामान्य परीवर्तन भन्दा ज्यादा गाउँमा केहिपनि नभएको पाएको बाताउछन । नेपालमा द्वन्दपिडीत बाल-बच्चाहरुको अनुहारमा संसारका बिकशित देशका बाल-बच्चाहरुको अनुहारको खुसि देख्ने नै आफ्नो अन्तिम इच्छा भएको बताउने शाहको सबै सपनाहरु साकार हुन् ।

नेपाली १०० रूपया बोकेर विश्व-भ्रमणमा निक्लिने अनि त्यसलाई सफल बनाएर छाड्ने पुष्कर शाह नेपाली समाजमा परीवर्तनका लागि इच्छा शक्ती भएमा जस्तोसुकै उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुराका एक उपयुक्त उदाहरण हुन् । नेपालमा द्वन्दपिडीत बाल-बच्चाहरुको अनुहारमा संसारका बिकशित देशका बाल-बच्चाहरुको अनुहारको खुसि देख्ने नै आफ्नो अन्तिम इच्छा भएको बताउने शाहको सबै सपनाहरु साकार हुन् । नेपाली समाजले पुष्करवाट धेरै कुरा सिक्न जरुरी छ र सबै क्षेत्रमा एक-एक पुष्कर शाह हुने हो भने नेपाली समाजको परीवर्तन र देशको आर्थिक उचाई धेरै टाढा छैन ।