११ साउन,काठमाडौ। एमाओवादी नेता तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुर्व राजा ज्ञानेन्द्र शाह बारेको आफ्नो भनाइलाई अझ कडा पारेका छन्। बिहिबार अनेरास्ववियु क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालयको उपत्यका सम्मेलनमा बोल्दे भट्टराईले संसार भर जहाँ राजतन्त्र अन्त्य भएका छन, त्यहाँ राजालाई कित मृत्युदण्ड दिइएको, कि जेल पठाइएको वा देश निकाला गरिएको उदाहरण दिए। उनले नेपालमा राजनैतिक दलहरु उदार भएका कारणले राजतन्त्रले पुन टाउको उठाउन खोजेको बताए।पुर्व प्रधानमन्त्री भट्टराईले पुर्व राजा ज्ञानेन्द्र विरुद्ध आवेगमा नबोलेको पनि बताए। केही दिन अघि उनले आफू प्रधानमन्त्री भएको भए पुर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्ने अभिव्यक्ति दिएका थिए। भट्टराईले आफूहरुलाई पुर्व राजाले गरेका गतिबिधिका सुचना प्राप्त भएको पनि बताएका थिए।भट्टराईले गणतन्त्र उल्टाउन खोजे असह्य हुने भन्दै राजसस्था पुनर्स्थापन हुनै नसक्ने दाबी गरे।