काठमाडौँ, NFN संवाददाता
बंगलादेशमा आयोजीत ICC T20 विश्वकप क्रिकेट प्रतियोगिता प्रथमपटक खेल्न पाएको नेपाली क्रिकेट टोलीले नेपाल फर्कनासाथ आन्दोलनको घोषणा गर्दै आफ्नो माग पुरा नभएसम्म राष्ट्रिय अथवा अन्तरास्ट्रिय कुनै पनि खेल नखेल्ने जनाएको छ ।
सेमिफाइनल सम्म पनि खेल्न नपाएपनि उत्कृस्ट खेल प्रदर्शन गरेर क्रिकेट टोलीले नेपाली क्रिकेट प्रेमीको मन जित्न सफल भएको थियो । पहिलो
खेलमा हंकंगलाइ हराएको नेपालले दोश्रो खेलमा बंगलादेशसंग पराजय भोगेको थियो भने ९ वर्षको पर्खाईपछि अफगानिस्तानलाई हराएर नेपाली क्रिकेट प्रेमीको मन जित्न नेपाली टोलि सफल बनेको थियो । तेश्रो खेल जितेको भएपनि रन रेटको अधारमा नेपाल विश्वकपवाट बाहिरिएको थियो ।
विश्वकपलगत्तै पहिलोपटक नेपालमा आयोजना गर्न लागिएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता 'नेपाल प्रिमिअर लिग (NPL ) उद्घाटन खेलमा क्रिकेट एसोसिएसन अफ नेपाल (CAN ) का कुनै पनि पधाधिकारी उपस्थित नभएको समाचार प्रकाशमा आएको थियो, त्यसको भोलिपल्टै नेपाली क्रिकेट टोलीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको मुख्य करणको रूपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो फेसबुक पेजमा लेखेका छन्:
यसैविचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिकेट असोसिएसन अफ नेपालमा भएको भनिएको अनियमितताको छानविन सुरु गरेको छ भने क्रिकेट एसोसिएसन अफ नेपालले नेपाली क्रिकेट टोलिसग वार्ताका लागि टोलि गठन गरेको छ, यस अगावै सात महिनादेखि नदिएको तलव एक हप्ताभित्र उपलब्ध गराउने साथै न्युज़िलैंडमा विश्वकप छनौट खेल खेल्ने क्रममा घाइते भएका पृथु बाँस्कोटालाइ अमेरिकन डलर ५,००० उपलब्ध गराउने बताएको छ ।
बंगलादेशमा आयोजीत ICC T20 विश्वकप क्रिकेट प्रतियोगिता प्रथमपटक खेल्न पाएको नेपाली क्रिकेट टोलीले नेपाल फर्कनासाथ आन्दोलनको घोषणा गर्दै आफ्नो माग पुरा नभएसम्म राष्ट्रिय अथवा अन्तरास्ट्रिय कुनै पनि खेल नखेल्ने जनाएको छ ।सेमिफाइनल सम्म पनि खेल्न नपाएपनि उत्कृस्ट खेल प्रदर्शन गरेर क्रिकेट टोलीले नेपाली क्रिकेट प्रेमीको मन जित्न सफल भएको थियो । पहिलो
खेलमा हंकंगलाइ हराएको नेपालले दोश्रो खेलमा बंगलादेशसंग पराजय भोगेको थियो भने ९ वर्षको पर्खाईपछि अफगानिस्तानलाई हराएर नेपाली क्रिकेट प्रेमीको मन जित्न नेपाली टोलि सफल बनेको थियो । तेश्रो खेल जितेको भएपनि रन रेटको अधारमा नेपाल विश्वकपवाट बाहिरिएको थियो ।
विश्वकपलगत्तै पहिलोपटक नेपालमा आयोजना गर्न लागिएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता 'नेपाल प्रिमिअर लिग (NPL ) उद्घाटन खेलमा क्रिकेट एसोसिएसन अफ नेपाल (CAN ) का कुनै पनि पधाधिकारी उपस्थित नभएको समाचार प्रकाशमा आएको थियो, त्यसको भोलिपल्टै नेपाली क्रिकेट टोलीले आन्दोलनको घोषणा गरेको हो । आन्दोलनको मुख्य करणको रूपमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो फेसबुक पेजमा लेखेका छन्:
यसैविचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिकेट असोसिएसन अफ नेपालमा भएको भनिएको अनियमितताको छानविन सुरु गरेको छ भने क्रिकेट एसोसिएसन अफ नेपालले नेपाली क्रिकेट टोलिसग वार्ताका लागि टोलि गठन गरेको छ, यस अगावै सात महिनादेखि नदिएको तलव एक हप्ताभित्र उपलब्ध गराउने साथै न्युज़िलैंडमा विश्वकप छनौट खेल खेल्ने क्रममा घाइते भएका पृथु बाँस्कोटालाइ अमेरिकन डलर ५,००० उपलब्ध गराउने बताएको छ ।
नेपाली क्रिकेटप्रेमीहरुले राष्ट्रिय क्रिकेट टोलीको यस आन्दोलनमा ऐक्यबद्दता जनाएका छन् भने कत्तिपयले राष्ट्रिय टोलीले खेल नै बहिस्कार गर्नु भनेको देशको सैनिकले देशको लागि युद्द लड्दिन भन्नु जस्तै हो भनेका छन् । जे भएपनि समस्त नेपाली जनताले आगामी दिनमा यस्ता दिन आउन नदिइयोस भन्ने चाहेका छन् ।