NFN संबाददाता
नयाँ दिल्ली, श्रावण ३ - बाराकी निरुमायाँ पाख्रिनको पासपोर्ट लिएर कुवेत पुगेकी भारतीय युवती मिङ्मा तामाङलाई काठमाडौं फिर्ता गरिने भएको छ ।
नयाँ दिल्ली, श्रावण ३ - बाराकी निरुमायाँ पाख्रिनको पासपोर्ट लिएर कुवेत पुगेकी भारतीय युवती मिङ्मा तामाङलाई काठमाडौं फिर्ता गरिने भएको छ ।
दिल्लीको बाटो हुँदै गत मे ३० मा कुवेत पुगेकी युवतीको एमआरपीमा लगाइएको श्रम स्टिकर नक्कली छ भने प्रहरी रिपोर्टमा प्रमाणित गरिएको परराष्ट्र मन्त्रालय, काउन्सेलर शाखाको छाप पनि नक्कली छ ।
तस्करीमा परेकी १८ बषिर्या मिङ्माले बताएअनुसार आफ्नो घर झापा रहेको बताउने युवराज र उनका सहयोगी कोलकाताका दावा शेर्पाले उनलाई दिल्लीबाट कुवेत उड्ने प्रबन्ध मिलाएका थिए । झण्डै एक महिना कुवेत दुतावासको
आश्रयस्थलमा राखिएकी मिङ्माले आफूले कुवेत आउन एजेन्टलाई पैसा नतिरेको र अरुको पासपोर्टमा उड्न लागेको पनि दिल्ली पुगेर मात्रै थाहा पाएको बताइन् ।
आश्रयस्थलमा राखिएकी मिङ्माले आफूले कुवेत आउन एजेन्टलाई पैसा नतिरेको र अरुको पासपोर्टमा उड्न लागेको पनि दिल्ली पुगेर मात्रै थाहा पाएको बताइन् ।
स्थानीय अरबी मालिककहाँ घरेलु काम गरिरहेकी मिङ्माले नेपाली दुतावास आएपछि मात्रै आफ्नो गैर-कानून हैसियतबारे थाहा पाएकी थिइन् । निरुमायाँका नामको एमआरपी कसरी दुरुपयोग भएको हो र एजेन्टले कसरी एमआरपी हात पारेका हुन् भन्ने बारे परराष्ट्र मन्त्रालयको राहदानी महाशाखाले छानविन गरिरहेको छ ।
एयर अरेबियाको उडानबाट शनिबार बिहान कुवेत-सारजाँह हुँदै काठमाडौं पठाइदैं गरेकी मिङ्माबाट एमआरपी दुरुपयोग र तस्करीमा संलग्न एजेन्टको संलग्नताबारेमा जारी अनुसन्धानमा मद्दत पुग्ने अध्यागमन अधिकारीले जनाएका छन् । कुवेतस्थित नेपाली दुतावासको आश्रयस्थलमा रहेका झण्डै २ सय युवतीमध्ये ५० भन्दा बढी नक्कली श्रम स्टिकर, प्रहरी रिपोर्टका भरमा दिल्लीको बाटो हुदै विदेश पुगेका छन् ।
कुवेतमा 'भिसा २०' अन्तर्गत कसैलाई घरेलु काममा ल्याउनका लागि स्थानीय मालिकले सबै भीसा खर्च, हवाइ टिकट र एजेन्टलाई कमिसन समेत दिने गरेकाले दलालले लुकिछिपी युवतीलाई कुवेत पुर्याउने गरेका हुन् ।