Saturday, July 12

जर्मनी सबैभन्दा बलियो

काठमाडौ, असार २७ - पहिलो सेमिफाइनलमा जर्मनीले नै सफलता हात पार्ने अनुमान गरेको थिएँ । तर, उसले आयोजक ब्राजिललाई दुई गोलसम्म गर्छजस्तो लागेको थियो । धेरै गरे तीन गोलसम्म गर्ने सोचेको थिएँ । तर, बढी नै हान्यो । जर्मनीले ७-१ ले खेल जित्यो । त्यति धेरै गोल त सोचेकै थिएन । बाफ रे रु नसोचिएको नतिजा निस्कियो ।
जर्मनी धेरै बलियो टिम हो । उसका खेलाडी सबै पोजिसनमा उत्कृष्ट छन् । गोलकिपर म्यानुएल नेउरले निकै उत्कृष्ट खेल पस्किरहेका छन् । जर्मनीविरुद्ध ब्राजिलको टिममा स्टार फुटबलर नेयमर र कप्तान थियागो सिल्भाको अभाव टड्कारो देखिएको थियो ।
आधुनिक फुटबलमा प्रतिद्वन्द्वीलाई खेल्ने स्थान र समय नदिने रणनीति प्रभावकारी मानिन्छ । त्यसैले पनि जर्मन टिमलाई बल भित्र छिराएर दबाब दिन नेयमर चाहिएको थियो । तर, उनको अनुपस्थितिमा ब्राजिलले बल नियन्त्रणमा राखेर खेल्नै सकेन । सिल्भाको अनुपस्थितिमा ब्राजिलको डिफेन्स संगठित भएन । जर्मनीले पहिलो हाफमा निकै उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । र, ५-० को अग्रता पनि लियो । फराकिलो अग्रता लिइसकेकाले उसले दोस्रो हाफमा सजिलो मानेर खेल्यो । नत्र गोल अझ थप्न सक्थ्यो ।
सर्वाधिक ५ पल्टको विश्वकप विजेता ब्राजिलले पनि गोलका दुई-तीन अवसर सिर्जना गरेको थियो । तर, ती अवसर उपयोग गर्न सकेन । प्राप्त गरेको अवसर उपयोग गर्न सकेको भए ब्राजिलले पनि २-३ गोल फर्काउन सक्ने लागेको थियो । तर, त्यतो भएन । अन्ततः ७-१ ले हार्‍यो । विश्वकप सेमिफाइनलको त सबैभन्दा फराकिलो अन्तरको नतिजा हो । यस्तो नतिजा, त्यो पनि विश्वकप फुटबलमा राम्रो होइन ।
क्रुलको अभाव अर्जेन्टिनाले यो विश्वकपमा एकै किसिमको खेल खेलिरहेको छ । उसले राम्रै खेलिरहेको छ । उसले सबै खेल कठिन प्रतिस्पर्धापछि जितेको छ । तुलना नै गर्ने हो भने अर्जेन्टिनाभन्दा नेदरल्यान्ड्सले क्वाटरफाइनलसम्म राम्रो खेलेको थियो । त्यसैले सेमिफाइनलमा अर्जेन्टिनालाई नेदरल्यान्ड्सले पराजित गर्छजस्तो लागेको थियो । तर, अर्जेन्टिनाले सफलता हात पार्‍यो । प्रशिक्ष्ाक लुइस भान गालले कप्तान रोबिन भान पर्सीलाई ९६ औं मिनेटमा निकाल्दै क्लास जान हन्टलरलाई मैदानमा पठाएका थिए । तर, मेरो विचारमा भान पर्सीलाई ननिकालेको भए राम्रो हुने थियो । उनलाई परिवर्तन गरेर सब्सिटच्युटको कोटा सिध्याउनुभन्दा अतिरिक्त समयको अन्त्यतिर गोलकिपर जेस्पर सिलेसनको स्थानमा टिम क्रुललाई खेलाउनुपथ्र्यो । किनभने क्रुलले नै पेनाल्टी सुटआउटमा राम्रो गरेपछि नेदरल्यान्ड्सले क्वाटरफाइनलमा कोस्टारिकालाई पराजित गरेको थियो । खेल पेनाल्टी सुटआउटतर्फ अघि बढेका बेला उनलाई मैदानमा नपठाउनु नै गल्ती होजस्तो लाग्छ ।
डच टिमलाई पेनाल्टी सुटआउटमा क्रुलको अभाव भएजस्तो लाग्यो । पहिलो सेमिफाइनलमा जर्मनीले ब्राजिलविरुद्ध अविश्वसनीय नतिजा निकालेको पनि हुन सक्छ, अर्जेन्टिना र नेदरल्यान्ड्सले महत्त्वपूर्ण खेलमा गोल नखाने रणनीति लिएका थिए । दुवैले विपक्षीलाई स्थान नदिने गरी खेलेका थिए । दुवैको खेल रक्षात्मकजस्तो देखियो । दुवैले चुनौती बेहोर्न चाहेनन् । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पनि त्यति राम्रो खेल्न सकेनन् । उनले क्षमताअनुसार खेलेको भए ९० मिनेटमै खेल अर्जेन्टिनाले जित्न सक्थ्यो ।
फाइनलमा जर्मनी बलियो
दक्षिण अमेरिकी क्षेत्रको अर्जेन्टिना र युरोपको महारथी जर्मनीबीचको फाइनल खेल राम्रो हुने अपेक्षा गरेको छु । समग्रमा पाँचपल्ट विश्वकप जितेका यी दुईबीच निकै कडा प्रतिस्पर्धा हुनेछ । स्कोरकै अनुमान लगाउँदा निर्धारित समय १-१ को बराबरीमा सकिन्छजस्तो लाग्छ । त्यसपछि पेनाल्टी सुटआउटमै भए पनि फाइनल जर्मनीले जित्छजस्तो लाग्छ । अथवा निर्धारित समयमै जर्मनीले २-१ को नतिजा निकालेर चौथोपल्ट विश्वकप जित्छजस्तो लागेको छ ।
जर्मन टिम एकदमै राम्रो र बलियो छ । सबैभन्दा राम्रो 'टिम गेम' जर्मनीकै छ । किपर, डिफेन्स, मिडफिल्ड र फरवार्डका हरेक पोजिसनमा उत्कृष्ट खेलाडी जर्मनीमा छन् । गोलकिपर नेउरले धेरै राम्रो खेल प्रदर्शन गरिरहेका छन् । उनले ब्राजिलविरुद्ध सेमिफाइनलमा पनि उत्कृष्ट बचाउ गरे । उनको खेलले जर्मनीको स्तर नै माथि उठाइदिएको छ । मलाई मिडफिल्डर मेसुट ओजिलको खेल मन पर्छ । उनले महत्त्वपूर्ण खेलमा निर्णायक भूमिका निर्वाह गर्न सक्छन् । उनले फाइनलमा राम्रो गर्ने सोचेको छु ।
विश्वकप अन्त्यतिर आउँदा मेसीले खासै खेल्न सकेका छैनन्, विशेषगरी नेदरल्यान्ड्सविरुद्ध । तर, उनी सुपरस्टार हुन् । र, उनले फाइनलमा केहि गर्छन्, राम्रो खेल्छन्जस्तो लागेको छ । उनले विगतको तुलनामा यसपल्टको विश्वकपमा राम्रो खेलिरहेका पनि छन् । मलाई विश्वकप जर्मनीले जितोस् भन्ने लागेको छ । किनभने जर्मन टिम एकदमै राम्रो र बलियो छ । मेरो मन पर्ने टिम भने इंग्ल्यान्ड हो । इंग्ल्यान्ड समूह चरणबाटै बाहिरियो । त्यसपछि जर्मनीलाई समर्थन गरिरहेको छु ।
सागर थापा
कप्तान, नेपाली राष्ट्रिय टिम
जर्मन टिम एकदमै राम्रो र बलियो छ । सबैभन्दा राम्रो ँटिम गेम’ जर्मनीकै छ । किपर, डिफेन्स, मिडफिल्ड र फरवार्डका हरेक पोजिसनमा उत्कृष्ट खेलाडी जर्मनीमा छन् । गोलकिपर नेउरले धेरै राम्रो खेल प्रदर्शन गरिरहेका छन् ।